Sajhamanch Archive

कोरोनाबाट मृत्यु भएकाहरूको दाह संस्कार सरकारले नै गर्ने सीसीएमसी निर्णय

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । कोरोनाबाट मृत्यु भएका नागरिकको दाह संस्कार सरकारले गर्ने भएको छ । आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसी बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएका नागरिकका दाह संस्कार सरकारी खर्चमा गर्ने निर्णय गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

शव दाह गृह व्यवस्थित रूपमा सञ्चालन गर्ने र देखिएका समस्या निकारण गर्न विदेशबाट प्राविधिक झिकाउन पर्ने भए त्यसको सहजीकरण संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने निर्णय गरेको उनको भनाइ छ । परम्परागत विधिबाट पनि दाह संस्कार गरिने र त्यसलाई व्यवस्थित गर्न परिपत्र गरिसकिएको पाण्डे बताउँछन् ।

आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले चीनले उपलब्ध गराउने २० हजार थान अक्सिजन सिलिन्डर तत्काल नेपाल ल्याउन परराष्ट्र, स्वास्थ्य र अर्थ मन्त्रालयले कार्य प्रारम्भ गर्ने निर्णय गरेको पाण्डेल बताए । आइतबारै बसेको बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडान व्यस्थित गर्ने निर्णय गरेको छ । त्यस्तै निषेधाज्ञा जारी भएका जिल्लाहरूका सरकारी कार्यालयमा मानिसहरूको आवतजावत कम गर्ने, सचिव, सहसचिव र कार्यालय प्रमुखहरू परिचयपत्रका आधारमा ओहोरदोहोर गर्न सक्ने निर्णय गरेको पाण्डेको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *