Sajhamanch Archive

बाँके जिल्ला प्रशासनले एक हप्ता थप्यो निषेधाज्ञा

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by .

काठमाडौं । बाँके जिल्ला प्रशासनले निषेधआज्ञाको अवधी एक हप्ता थपेको छ । कोरोना संक्रमणको जोखिम बढदै गएपछि बाँकेमा जारी निषेधाज्ञालाई थप एकसाताका लागि लम्ब्याएको हो ।

वैशाख ८ गतेदेखि १५ गतेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र मात्र लागु हुने गरि निषेधाज्ञा लगाएको बाँके जिल्ला प्रशासनले कोरोना संक्रमितको संख्याले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेपछि वैशाख १३ गते बसेको बैठकबाट वैशाख २० गतेसम्म जिल्लाव्यापी निषेधाज्ञाको निर्णय गरेको थियो ।

कोरोना संक्रमणको दर तीब्र रुपमा बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेको आइतबार बसेको बैठकले वैशाख २७ गते सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । प्रशासनद्वारा जारी सूचना अनुसार वैशाख २७ गते राति १२ बजेसम्म निषेधाज्ञा लागु हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *