Sajhamanch Archive

भारतमा अक्सिजन अभाव हुँदा थप १२ कोरोना संक्रमितको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, स्वास्थ्य, by .

नयाँदिल्ली । भारतको कर्नाटक राज्यको एक अस्पतालमा अक्सिजन अभाव हुँदा १२ कोरोना संक्रमितको मृत्यु भएको छ । चामाराजानगर जिल्लास्थित एक शिक्षण अस्पतालमा उपचाररत १२ संक्रमितको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । मृत्यु हुने सबै संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

चिकित्सकहरुको तमाम प्रयाशका बाबजुद उनीहरुको अक्सिजन लेवल सामान्य बनाउन नसकिएकाले मृत्यु भएको बताइएको छ । “राति १२ देखि २ बजेकोबीचमा अक्सिजन कम भयो । १२२ संक्रमितमध्ये मृतक १२ जना अन्य कुनै न कुनै रोगबाट ग्रसित थिए,” मेडिकल कलेजका डिन डा। जीएम सन्जिवले बताए । अक्सिजन आपूर्ति बन्द भएको उनले जानकारी दिए ।

डा. सन्जिवका अनुसार हरेक ३५ मिनेटमा कम्तिमा १० अक्सिजन सिलिन्डर आवश्यक पर्छ । तर, समयमा आवश्यक मात्रामा अक्सिजन नपाएपछि संक्रमितको मृत्यु भएको उनले बताए । लजिस्टिक कारणले अक्सिजन आपूर्तिमा ढिलाइ भएको उनले प्रष्ट पारेका छन् । आफूहरुले २०० सिलिन्डर अक्सिजन प्राप्त गरेकोमा अब ५० सिलिन्डर बाँकी रहेको उनले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *