Sajhamanch Archive

बिर्तामोडमा अत्यावश्यक बाहेकका सबै काम स्थगित

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by .

बिर्तामोड । जिल्लाकै केन्द्रभागमा रहेको बिर्तामोड नगरपालिकाले दोस्रो लहरको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा समुदायमा फैलिएका कारण अत्यावश्यक बाहेकका सबै सेवाहरु आजदेखि स्थगित गरेको छ ।

बिर्तामोड नगरपालिकाले आज (सोमबार) सूचना प्रकाशित गर्दै कार्यालयले प्रदान गर्दै आएका अत्यावश्यक बाहेकका सबै सेवाहरु वैशाख ३१ गतेसम्मको लागि स्थगित गरिएको जनाएको हो ।

नियमित कार्यालय सञ्चालन हुँदा कार्यालयमा भिडभाड बढ्दै जाने र सेवाग्राहीमा समेत संक्रमण फैलने जोखिमलाई मध्यनजर गरी नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट प्रदान गरिने अति आवश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहालले जानकारी दिएका छन् ।

नगरपालिकाले स्वास्थ्य, वारुण यन्त्र, फोहोरमैला व्यवस्थापन, नगर प्रहरी सेवा र भूमि सम्बन्धी समस्या समाधान आयोगका कामहरु भने नरोक्ने जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *