गण्डकीका मुख्यमन्त्री गुरुङको राजीनामा
Published:
by .पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले साँझ राजीनामा दिएका छन् ।
गुरुङमाथि प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस भएको र सो प्रस्तावमाथि भोलि (सोमबार) मतदान हुने कार्यसूची थियो ।
प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष गुरुङले राजीनामा बुझाएका हुन् । आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो ।
Comments