Sajhamanch Archive

कमलमा कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि सर्वपक्षीय बैठक

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

कमल । विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड-१९ को दोस्रो लहरका कारण कमल गाउँपालिकामा समेत संक्रमण तीब्ररुपमा बढेको छ । संक्रमण बढेसँगै यसको नियन्त्रण र रोगथामलाई प्रभावकारी बनाउन गाउँपालिकाले विभिन्न राजनीतिक दलका प्रमुखसहित सर्वदलीय बैठक गरेको छ ।

बैठकले गाउँ कार्यपालिकालाई महत्वपूणर् सुझाव दिएको जनाइएको छ । जस अन्तरगत कन्ट्रयाक ट्रेसिङ्गको दायरा बढाउने, लक्षण देखिएका संक्रमित र कन्ट्रयाक ट्रेसिङ्गमा परेका व्यक्तिलाई निःशुल्क पिसिआर परीक्षणका लागि स्वाव संकलनको व्यवस्था मिलउने सुझाव प्राप्त भएको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिएकी छन् ।

सो बैठकमा गाउँपालिकाले कोभिडको सक्रमण बढेसँगै त्यसको नियन्त्रण र रोगथामका लागि सञ्चालन गरिरहेको कार्यक्रमबारे अध्यक्ष काफ्ले अवगत गराएकी थिइन् । उनका अनुसार नागरिकलाई सचेत गराउन माईकिङ्ग गर्ने, संक्रमित भएको जानकारी आउनासाथ स्वस्थ्यकर्मीलाई घरघरमा पठाएर परीक्षण गराउने गरेको छ । बिरामीलाई उपचारमा सहज होस् भनेर कोभिड अस्पताल पुनः सञ्चालनमा ल्याइएको, एम्वुलेन्स तयारी अवस्थामा राखिएका जस्ता थुप्रै काम भइरहेको गरेको गाउँपालिका उपाध्यक्ष बेनु सिवाकोटीले जानकारी दिए ।

कोभिडका बिरामीको सहज उपचारको व्यवस्थापनका लागि कमल गाउँपालिकाले दमक अस्पताललाई २० लाख रुपैयाँ दिएको अवगत गराउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले विरामीको उपचारमा कुनै समस्या नहुने बताए ।

यो समाचर तयार पार्दासम्म कमल गाउँपालिकामा संक्रमितको संख्या १०२ जना पुगेको छ । जसमध्ये कोभिड अस्पताल दमकमा ३ जना बिएण्डसी अस्पताल बिर्तामोडमा २ जना मेची अस्पताल भद्रपुरमा १ जना उपचारत छन् । यसरी नै ९३ जना होम आइसोलेसन र ३ जना निको भएर डिस्चार्ज भएका गाउँपािलका स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *