Sajhamanch Archive

निषेधाज्ञा  गर्ने जिल्लाको सङ्ख्या ७० , रसुवा र पाँचथरमा आजदेखि निषेधाज्ञा लागू

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

 काठमाण्डौं । कोरोना संक्रमणको उच्च जोखिमको कारण निषेधाज्ञा लागू गर्ने जिल्लाको सङ्ख्या ७० पुगेको छ । ७० वटा जिल्ला मध्ये सात जिल्लामा आंशिक र ६३ जिल्लामा जिल्लाभर निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ ।

रसुवा र पाँचथरमा लागू भएको निषेधाज्ञा आजदेखि सुरु भएको छ । यसैबीच काठमाण्डौ उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको र तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा आज हुने बैठकले आवश्यक निर्णय लिने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।

देशभर सङ्क्रमण बढ्दै जाँदा उपत्यका थप प्रभावित हुँदै गएकाले निषेधाज्ञा लम्ब्याउनुपर्ने आवश्यकता देखिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए। यसअघि बैशाख १६ गतेदेखि लागू हुने गरी उपत्यकामा एक हप्ता र त्यसपछि थप कडाइ गर्दै पुनः अर्को एक हप्ता थप गरिएको थियो । भोलि रातिदेखि निषेधाज्ञा आदेशको समय सकिन लागेकाले थप गर्ने तयारी गरिएको हो ।

पछिल्लो समय काठमाण्डौ उपत्यकामा दैनिक झण्डै चार हजारको हाराहारीमा कोरोना सङ्क्रमित भेटिँदै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *