Sajhamanch Archive

कोरोना संक्रमणबाट विराटनगरमा आमा छोराको मृत्यु

Published: in प्रदेश तह, मिडियाबाट साभार, स्वास्थ्य, by .

विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा आमा छोराको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ की ६० वर्षीया आमा र ४२ वर्षीय छोराको मृत्यु भएको हो ।

वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएकी आमाको उपचारको क्रममा विराटनगर अस्पतालमा बुधबार साँझ साढे ७ बजे मृत्यु भएको थियो । बिहीबार आमाको अन्त्येष्टि नसकिंदै दिउँसो २ बजे उनका ४२ वर्षीय छोराको पनि मृत्यु भएको हो ।

दुवै जनाको विराटनगर अस्पतालमा मृत्यु भएको हो । मृतकका बुबा पनि संक्रमित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *