Sajhamanch Archive

आज रातिदेखि जेठ ७ गतेसम्म झापामा कडा प्रकृतिको निषेधाज्ञा ! कसले के गर्न पाउँछ, के पाउँदैन ? (आदेशसहित)

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

भद्रपुर । कोभिड–१९ (कोरोना भाइरस) संक्रमणका विरामीको संख्या उच्च गतिमा बढिरहेको ठहर गर्दै झापामा आज राति १२ बजेपछि एक हप्ताका लागि पूर्ण निषेधाज्ञा थप गरिएको छ ।

दोस्रो लहर अन्र्तगत झापाभित्र समुदायस्तरमा कोरोना संक्रमण तीब्र गतिमा फैलिने क्रम नरोकिएपछि नियन्त्रणको प्रयास स्वरूप जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञाको अवधि बढाएको हो । जेठ १ गतेबाट लागू हुने गरी ७ दिनका लागि पूर्ण निषेधाज्ञाको आदेश थप गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जनाएका छन् ।

वैशाख ३१ गते मध्यरातिसम्म जारी रहेको निषेधाज्ञा जेठ ७ गतेसम्म लागू हुने प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाद्वारा जारी आदेशमा उल्लेख छ । निषेधाज्ञाको समयमा कुनै पनि व्यक्तिलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन भनिइएको छ । अत्यावश्यक सेवा बाहेकका सबै यातायात र व्यापार व्यवसाय पूर्णरुपमा बन्द गरिएको आदेशमा उल्लेख छ ।

कोरोना संक्रमणको दर उच्च गतिमा बढेपछि प्रजिअ तिमिल्सिनाले पूर्ण निषेधाज्ञाको आदेश दोस्रोपटक जारी गरेको जनाएका छन् । यद्यपी आजसम्मको निषेधाज्ञालाई कडाईका साथ कार्यान्वयन नगरिएकोमा प्रशासन आलोचित बनेको छ । तोकिएका अवधि बाहेक बजारहरु खुल्ने तथा यातायातका साधनहरु चलिरहँदा के यो निषेधाज्ञा हो भन्ने भान परिरहेको स्थानीयको आरोप छ ।

विश्वभर फैलँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारी नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरुमा झापा जिल्लामा संक्रमण तीब्ररुपमा बढिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बांट प्रत्यायोजित अधिकार बमोजिम संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले प्रमुख जिल्ला अधिकारीलाई दिएको अधिकार प्रयोग गरी झापा जिल्लाभर लागू हुने गरी निषेधाज्ञाको आदेश जारी गरिएको हो ।

‘यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, संघ, संस्था पेशाकर्मी, व्यवसायी तथा आम नागरिकको कर्तव्य हुनेछ’ प्रजिअ तिमिल्सिनाद्वारा जारी आदेशमा भनिएको छ । ‘यो आदेशको उल्लंघन गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

कडा प्रकृतिको निषेधाज्ञामा कसले के गर्न पाइन्छ ? के के कुरामा पूर्णतया निषेध छ भन्नेबारे उल्लेखित जानकारीसहितको विज्ञप्तिः

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *