Sajhamanch Archive

देउवा निवासमा छलफल सकियो

Published: in मिडियाबाट साभार, राजनीति, by .

काठमाडौं । बूढानीलकण्ठस्थित शेरबहादु देउवा निवासमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सहितको छलफल सकिएको छ । शुक्रबार बिहान ११ बजेदेखि दिउँसो सवा १ बजेसम्म चलेको छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्ण सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँडलगायत थिए ।

माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, पम्फा भुसाल उपस्थित थिए । जसपबाट अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको बताइएको छ । छलफलमा पूर्वसभामुख ओनसरी घर्ती पनि थिइन् ।

उनीहरूबीच केपी शर्मा ओलीले प्रधानमन्त्रीमा पुनः शपथ खाइसकेपछि कसरी अगाडि बढ्ने, सहकार्य जारी राख्ने विषयमा छलफल भएको एक नेताले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *