Sajhamanch Archive

मोरङको उर्लाबारीमा आइसोलेसन केन्द्र तयार

Published: in प्रदेश तह, स्वास्थ्य by .

विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाले कोरोना संक्रमित उपचार गर्न ११ बेडको आइसोलेसन केन्द्र तयार गरेको छ ।

नगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै निर्माण गरिएको नरपालिकाका मेयर खड्ग फागोले बताएका छन् । जेठ १ गतेदेखि सेवा प्रदान गर्ने उद्देश्यसाथ उर्लाबारी–८ स्थित राजघाटमा रहेको स्वास्थ्य चौकीमा आइसोलेसन केन्द्र बनाइएको हो ।

यसअघि नगरपालिकाले उर्लाबारी–३ मंगबारेमा रहेको प्रदेशस्तरीय मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कोभिड अस्पताल सञ्चालनको लागि पहल गरेको थियो । अस्पतालको इमरजेन्सी वार्डको भवनमा कोभिड अस्पताल सुरु गर्ने भनिएपनि सञ्चालक समिति र अस्पतालका कर्मचारीले असहयोग गरेपछि सञ्चालन हुन सकेको थिएन ।

“कोरोनाको दोस्रो लहरको संक्रमण अधिक गतिमा भईरहेको छ । नगरबासी उपचार नपाएर समस्या नहोस भनेर हामीले आफ्नै आईसोलेसन तयार गरेका हौँ,” मेयर फागोले भने ।

उर्लाबारीमा हालसम्म कोरोनाको दोस्रो लहरका कारण ७ जनाको मृत्यु भइसकेको छ । संक्रमणको दर दैनिक उकालो लाग्दो छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *