Sajhamanch Archive

कर्णालीका दुई मन्त्रीहरुद्वारा सपथ ग्रहण

Published: (Updated: ) in प्रदेश तह, राजनीति by .

काठमाडौ । कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले सोमबार (आज) पद तथा गोपनीयतको शपथ लिएका छन् ।

सोमबार आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मालाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ गराएका हुन् ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सांसद विन्दमान विष्टलाई पनि मन्त्री बनाएका थिए । तर, आन्तरिक कारण माओवादी केन्द्रका प्रदेशसभा सदस्य विष्टलाई शपथ नगराइएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *