Sajhamanch Archive

गाजा क्षेत्रको युद्ध रोक्न गर्न अमेरिकी राष्ट्रपति बाइडेनको अपिल

Published: in विश्व समाचार by .

काठमाण्डौ । गाजा क्षेत्रको युद्धविराम गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले अपिल गरेका छन् । उनले गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनीबीच भैरहेको संघर्ष रोक्न अपिल गरेका हुन्।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इजरायल र अन्य देशसँगको दुस्मनी रोक्ने प्रयासमा अमेरिका लागि परेको पनि राष्ट्रपति बाइडेनले बताएका छन् । गाजा क्षेत्रमा भइरहेको युद्ध दोस्रो हप्तामा प्रवेश गरेको छ । एक हप्ता कटिसक्दा पनि युद्ध समाप्त हुने कुनै संकेत नदेखिएको बीबीसीले जनाएको छ ।

अहिलेसम्म गाजामा ६१ बालबालिकासहित २ सय १२ प्यालेस्टाइनीको ज्यान गएको छ भने इजरायलतर्फ दुई बालबालिकासहित १० जनाको ज्यान गएको छ । इजरायलले गाजामा मारिएका धेरैजसो हमासका विद्रोही लडाकु रहेका दाबी गरेको छ । तर हमास समूहले भने मारिने सबै नागरिक रहेका प्रतिक्रिया दिएको छ ।

यस्तै, इजरायलले आफ्नो प्रतिरक्षाका लागि हवाई आक्रमण जारी राख्ने पनि बताएको छ । गाजा क्षेत्रमा हिंसा रोकिने लक्षण नदेखिएपछि अन्तर्राष्ट्रिय समुदायले युद्धविरामका लागि अपिल गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *