Sajhamanch Archive

इटहरी ३ को सुनौलो टोलका सबै परिवारमा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

इटहरी । इटहरी नगरपालिका वडा नं. ३ मा पूरै बस्ती बिरामी भएको गाउँमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।

सो वडाको सुनौलो टोलमा बिरामी भएकाहरुमा कोरोना संक्रमण देखिएको इटहरी उपमहानगरपालिकाका उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिएकी हुन् । आफूसहित स्वास्थ्यकर्मीको समूह टोल मै गएर एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखिएको उनको भनाई छ ।

समुदायमा गएर ९ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । गाउँमा कोरोना संक्रमण रहेको पुष्टि भएपछि सुनौलो टोल शील गरिएको छ ।

त्यहाँ एउटै टोलका २५ जना बिरामी परेका थिए । ७ घरका २५ जनामा ज्वरो, खोकी, पखाला लागेर बिरामी भएका छन् । तीमध्ये ९ जनामा परीक्षण गर्दा ७ जनामा संक्रमण देखिए पछि सिङ्गो गाउँमा नै संक्रमण फैलिएको निश्कर्षमा पुगिएको उपप्रमुख गौतमले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *