प्रदेश १ मा आजसम्मकै धेरै १,२९८ जना कोरोना संक्रमित थपिए
Published: (Updated: )
by .विाटनगर । प्रदेश १ मा आज एक हजार २९८ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्म कै उच्च हो ।
मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा २९, पाँचथरमा १६, संखुवासभामा १४, इलाममा १२, भोजपुरमा ७, उदयपुरमा ४, ओखलढुङ्गा र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ५६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १६४ महिला र १९१ पुरुष गरी ३५५ जनामा संक्रमण पाइएको हो । सुन्दरहरैचामा ४१, पथरीशनिश्चरेमा ३०, बुढीगंगामा १३, उर्लाबारीमा ११, कटहरीमा ६, लेटाङ र बेलबारीमा ५, सुनबर्षी, धनपालथान र मिक्लाजुङमा ३–३, ग्रामथान, जहदा, रंगेली र केराबारीमा १–१ र स्थानीय तह नखुलेका २ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।
यसैगरी, झापाको दमकमा ९२, मेचीनगरमा ६५, बिर्तामोडमा ४६, भद्रपुरमा ३५, अर्जुनधारामा २६, बुद्धशान्तिमा २०, कनकाईमा १७, शिवसताक्षीमा ८, बाह्रदशीमा ६, गौरीगञ्जमा ५, कचनकवल र कमल गाउँपालिकामा ४–४, गौरादहमा २, हल्दिबारी र झापा गाउँपालिकामा १–१ जना र स्थानीय तह नखुलेका ६ जना संक्रमित भएका छन् ।
सुनसरीको इटहरीमा ६६, धरानमा ५७, दुहवीमा १५, बराहक्षेत्र र रामधुनीमा ६–६, देवानगञ्ज र इनरुवामा ५–५, बर्जुमा ४, गढी र हरिनगरमा १–१ जना र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरी धनकुटाको छथरमा २६, चौबिसेमा २२, महालक्ष्मीमा १९, धनकुटा नगरपालिकामा १३, पाख्रिबासमा ५, साँघुरीगढी र स्थानीय तह नखुलेका १–१ जनालाई कोरोना संक्रमण भएको छ । ताप्लेजुङको फुङलिङमा ६०, मेरिङदेनमा ९, पाथीभरा याङवरक, मिक्वाखोला, फक्ताङलुङ, श्रीजंगा र सिदिङ्वामा १ र स्थानीय तह नखुलेका ९ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार खोटाङको रावावेशीमा १५, जन्तेढुङ्गामा १३ र स्थानीय तह नखुलेका १ जना, पाँचथरको मिक्लाजुङमा १५ र कुम्वायकमा १, संखुवासभाको पाँचखपनमा ८, खाँदबारीमा ५ र धर्मदेवीमा १ जना पनि संक्रमित थपिएका छन् । इलामको सूर्योदयमा ५, मांसेबुङमा ४, इलाम नगरपालिकामा २ र रोङमा १, भोजपुरको भोजपुर नगरपालिकामा २, टेम्केमैयुङमा १ र स्थानीय तह नखुलेका ४, उदयपुरको उदयपुरगढी, चौदण्डीगढी, बेलका र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको लालीगुराँसमा १, ओखलढुङ्गामा र प्रदेश १ बाहिरका ५६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४७ हजार ८६८ पुगेको छ । संक्रमित भएकामध्ये ३१ हजार ५७३ संक्रमणमुक्त भएका छन् । आज २२४ जना संक्रमणमुक्त छन् । सक्रिय संक्रमितको संख्या १५ हजार ५९० पुगेको छ । प्रदेश १ मा आज २ हजार ७५३ जनाको पीसीआर परीक्षण गरिएकोमा ५४३ महिला र ७५५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Comments