Sajhamanch Archive

फ्रेन्च कपको उपाधि पीएसजीलाई

Published: in खेलकुद by .

काठमाडौं । फ्रेन्च कप फुटबलमा लिग वानको साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले उपाधि हासिल गरेको छ । बुधबार राति भएको फाइनलमा मोनाकोलाई हराउँदै पीएसजी च्याम्पियन बनेको हो ।

पीएसजीले मोनाकोलाई २–० ले पराजित गर्‍यो । स्टेड डे फ्रान्स स्टेडियममा पीएसजीलाई जित दिलाउन माउरो इकार्डी र केलियन एमबाप्पेले एक एक गोल गरे ।

खेलको १९औँ मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ८१औँ मिनेटमा एमबाप्पेले गोल गर्दा पीएसजी २–० ले विजयी भयो । योसँगै पीएसजीले १४औँ पटक फ्रेन्च कपको उपाधि जितेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *