गण्डकी प्रदेश : कुन-कुन मन्त्रीको कार्यभार के- के मा
Published:
by .पोखरा । बुधबार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका गरेसँगै गण्डकी प्रदेश सरकारका मन्त्रीहरूको कार्यविभाजन गरिएको छ ।
किरण गुरुङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिए पनि अन्यले विनाविभागीय मन्त्रीका रूपमा शपथग्रहण गरेका थिए । तत्पश्चात् गरिएको कार्यविभाजनानुसार मुख्यमन्त्री गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् ।
मन्त्री किरण गुरुङलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको थप जिम्मेवारी दिइएको छ भने रामशरण बस्नेतलाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था, ऊर्जा, जलस्रोत तथा खानेपानी, कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
नरदेवी पुनलाई शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास र विकास लम्साललाई पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
Comments