अस्पताल डुलाउँदा डुलाउँर्दै झापामा बालिकाको मृत्यु
Published:
by .झापा। अस्पतालहरुले बिरामी नलिए पछि मेचीनगर–१३ चारआली तेलीबारीकी एक बालिकाको मृत्यु भएको छ ।
बालबाटिका स्कुल चारआलीमा कक्षा –४ मा अध्ययनरत ११ वर्षिया जेनिसा राजवंशीको गएराति मृत्यु भएको हो । उनलाई हिजो बिहान झाडापखाला भएको थियो । त्यसपछि उनी खाना खाएर सुतेकी थिइन् । दिउँसो ४ बजेतिर फेरि झाडाबान्ता भएपछि उनलाई अस्पताल लगिएकोमा अस्पताल चाहार्दाचाहार्दै डुलाउँदा डुलाउँर्दै मृत्यु भएको वडाध्यक्ष कृष्णराज सिग्देलले बताए ।
शुरुमा चारआलीस्थित मनकामना हस्पिटलमा लगिएको थियो । त्यहाँ विरामीलाई आइसियूमा राख्नुपर्छ भन्दै चिकित्सकले अन्यत्र पठाए । त्यसपछि एम्बुलेन्समा बिर्तामोडको बिर्तासिटी , कंचनजंघा र अन्जली हस्पिटलमा ती बालिकालाई लगियो । तर , कसैले पनि उपचार नगरिदिएको वडाध्यक्ष सिग्देलले बताए ।‘
अस्पतालमा डाक्टर छैन अन्यत्र लानु भन्दै नर्सले फर्काइदिएको बालिकाका आफन्तको भनाईलाई उद्धृत गरी वडाध्यक्ष सिग्देलले सुनाए । मृतक बालिकाका बुबा रघुनाथ राजवंशी नुवाकोटमा नेपाली सेनामा कार्यरत छन् । छोरीको निधनपछि उनी घर फर्किदै गरेको सिग्देलले जानकारी दिए ।
Comments