Sajhamanch Archive

चीनमा भएको एउटा दौडमा २१ जना धावकको मृत्यु

Published: in विश्व समाचार by .

काठमाण्डौ । चीनमा एउटा दौडमा सहभागी भएकामध्ये २१ जना धावकको ज्यान गएको छ । पश्चिम उत्तर चीनको पहाडी भेगमा पर्ने रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र गतिको हावासहित कठ्याङ्ग्रिने गरी वर्षा भएपछि उनीको ज्यान गएको बीबीसीले जनाएको छ ।

सय किलोमिटर दूरी भएको दौडमा एक सय ७२ धावक सहभागी थिए । हिजो भएको दौडमा हराएकाहरुमध्ये आज २१ जनाको शव भेटिएको खबरमा उल्लेख छ ।

राति पहाडी क्षेत्रमा तापक्रम घटेको हुँदा खोजी कार्य कठिन भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । यल्लो रिभर स्टोन फरेस्ट ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

एक सय ५१ जनाको उद्धार गरिएको र उनीहरुमध्ये धेरैलाई चोट लागेको बीबीसीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *