Sajhamanch Archive

भारतमा देखा परेकोे भेरियन्टविरुद्ध फाइजर र अक्सफोर्ड एस्ट्राजेनेकाको खोप प्रभावकारी

Published: in विश्व समाचार by .

काठमाण्डौ । भारतमा पहिलो पटक पुष्टि भएको सङ्क्रामक भेरियन्टविरुद्ध फाइजर र अक्सफोर्ड एस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको छ ।

बेलायतको पब्लिक हेल्थ इङ्ग्ल्याण्डले गरेको एक अध्ययनले सङ्क्रामक भेरियन्टविरुद्ध फाइजर र अक्सफोर्ड एस्ट्राजेनेकाको खोप प्रभावकारी देखाएको हो ।

खोपको दुई मात्रा लगाएपछिको प्रभावकारिता बेलायतमा देखिएको कोरोना भाइरसको भेरियन्टमा जस्तै भारतमा देखिएको भेरियन्टमा पनि पाइएको बेलायती स्वास्थ्य अधिकारीले बताएका बीबीसीले जनाएको छ ।

खोपको पहिलो डोज मात्र लगाएकामा भने तीन हप्तापछि ३३ प्रतिशत प्रभावकारी देखिएको छ । फाइजरको खोप दोस्रो डोज लिएको दुई हप्तापछि भारतमा देखिएको सङ्क्रामक भेरियन्टविरुद्ध ८८ प्रतिशत र एस्ट्राजेनेकाको खोपको पूरा डोज लिएको दुई हप्तापछि ६० प्रतिशत प्रभावकारी देखिएको खबरमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *