Sajhamanch Archive

कोरोनाबाट कनकाईमा एक जनाको मृत्यु

Published: in समाज, स्थानीय तह by .

झापा। कोरोना भाइरसको संक्रमणबाट झापामा थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नं १ का ३२ वर्षिय पुरुषको उपचारका क्रममा आज बिहान ६ बजे बिएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो ।

उनलाई बैशाख ३० गते संक्रमण पुष्टि भएको थियो । केही दिन होम आइसोलेसनमा बसेपछि उनी अस्पताल भर्ना भएका थिए । योसँगै कनकाईमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ७ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *