बीएण्डसीलाई सम्बन्धन दिन केयू प्राध्यापक संघको आपत्ति
Published:
by .झापा। झापास्थित बी एण्ड सी टिचिङ अस्पताललाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालयलाई आएको दवाबप्रति केयू प्राध्यापक संघले आपत्ति जनाएको छ । चिकित्सा शिक्षा ऐनलाई लत्याएर बीएण्डसीलाई सम्बन्धन दिने प्रक्रिया अघि बढ्नु अनुचित र अवान्छित भएको संघको ठहर छ ।
काठमाडौं विश्वविद्यालअन्तरगत अहिले भएका कलेजहरुको नै अनुगमन र निरीक्षण गर्न हम्मे–हम्मे परिरहेका बेला थप सम्बन्धनका लागि दवाब दिएको कुरा संघलाई स्वीकार्य नभएको संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
संघले डा.गोविन्द केसीका प्रेस संयोजक प्रितम सुबेदीमाथि बीएण्डसीका सञ्चालक दुर्गा प्रसाइँले आक्रमणको धम्की दिएको घटनाको पनि निन्दा गरेको छ ।
Comments