इटहरी उपमहानगरपालिकाका उपप्रमुख गौतम सुत्केरी भेट्न घरघरमा
Published:
by .इटहरी । उपप्रमुख सुत्केरी भेट कार्यक्रम बनाएर इटहरी उपमहानगरपालिकाले प्रभावकारी कार्यान्वयन गरेको पाइएको छ ।
नगरपालिकाले इटहरी अस्पतालमा सुत्केरी गराएका नगर क्षेत्रका महिलालाई नगर उपप्रमुख लक्ष्मी गौतमले पौष्टिक खानासहित घरमै पुगेर भेट गर्ने कार्यक्रम बनाएको हो । सोहीअनुरुप सुत्केरी भेट कार्यक्रमका लागि उपप्रमुख गौतमले हिजो सोमबार मात्र १० जना सुत्केरीलाई घरमै पुगेर भेट गरेको प्रेस संयोजक लीलाराज भट्टराईले जानकारी दिए ।
दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने परिवारमा वर्तमान निषेधाज्ञाले थप जटिल भइरहेको बेला आफ्नो पालिकाका उपप्रमुख पौष्टिक खानासहित घरमै आइपुग्दा सुत्केरी महिलाहरु खुसी भएका थिए ।
सुत्केरीहरुलाई भेटेपछि उपप्रमुख गौतमले छोटो प्रतिक्रिया दिँदै भनिन्, ‘इटहरी अस्पतालमा सुत्केरी गराएकाहरुको घरमा उपप्रमुख आउनुहुन्छ भन्ने सुनेको बताउँदै उहाँहरुले मलाई कहिले आउनुहोला भनेर बाटो कुरेर बसिरहेका थियौं भन्नुहुँदा मनै गदगद भयो ।’
उपप्रमुख सुत्केरी भेटघाट कार्यक्रमको प्रभावले इटहरी अस्पतालमा सुत्केरी गराउनेहरु महिलाको संख्यासमेत बढेको अस्पताल स्रोतको भनाई छ ।
Comments