Sajhamanch Archive

कोरोनाबाट झापामा थप एक जनाको मृत्यु

Published: in समाज, स्थानीय तह by .

झापा। कोरोना संक्रमणबाट झापामा थप एक जनाको मृत्यु भएको छ ।

झापाको भद्रपुर वडा न ९ का ३९ वर्षिय पुरुषको मृत्यु भएको हो । उनको आज बिहान बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य सहायक मनोज भट्टराईले जानकारी दिए ।

योसँगै भद्रपुरमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *