Sajhamanch Archive

प्रतिनिधिसभा पूरै पाँच वर्ष चलोस् भनेर कुनै कसर बाँकी नराखेको : प्रम ओली

Published: (Updated: ) in मुख्य समाचार, by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा पूरै पाँच वर्ष चलोस् भनेर कुनै कसर बाँकी नराखेको बताएका छन् ।

शुक्रबार (आज) देशबासीलाई सम्बोधन गर्दै आफूले संसदलाई पूरै अवधि चलाउन भरपूर मिहिनेत गरेको तर दलहरूको निर्दलीय गतिविधि, निर्वाचित अध्यक्षलाई घेराबन्दी गर्ने, एकता कमजोर बनाउने कार्यकलापले मुलुक यो अवस्थामा पुगेको बताए ।

उनले अहिले मुलुक ताजा जनादेशतिर अघि बढेकाले यसलाई प्रतिगमन नदेख्न आग्रह गरे । निर्वाचनमा जानु लोकतन्त्र सुदृढ गर्ने कृत्य नै भएको उनको जिकिर थियो ।

उनले आफूले सरकार सम्हालेयता विकास–निर्माणका धेरै काम भएको दोहोर्‍याए ।

प्रधानमन्त्रीको सम्बोधन जारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *