Sajhamanch Archive

अफगान सेनाको हवाई कारबाहीमा २३ तालिबानी लडाकूको मृत्यु

Published: in विश्व समाचार by .

aएजेन्सी । अफगान सेनाको हवाई कारबाहीमा २३ जना तालिबानी लडाकूको मृत्यु भएको सेनाले जनाएको छ ।

अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको सोल्गाडा जिल्लामा लुकिछिपी बसेका तालिबानी लडाकूलाई लक्षित गरी बिहीबार गरिएको कारबाहीमा ती लडाकू मारिएका हुन् ।

कारबाहीमा अरु ११ जना लडाकू गम्भीर घाइते भएका छन् ।

सेनाको उत्तरी क्षेत्रका प्रवक्ता मोहम्मद हनिफ रेजाईले हवाई कारबाहीमा लडाकू समूहले प्रयोग गर्ने मोटरसाइकल, अन्य सवारी साधन र हातहतियार बरामद गरिएको जानकारी दिए ।

बाल्ख प्रान्तको सदरमुकाम मजार–ए–सरिफ सहित वरपरका इलाकामा निकै प्रभाव जमाएका तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् ।

अफगानिस्तानबाट अमेरिकी र नेटो फौज फिर्तीको अभियान चलिरहे पनि देशभित्र शृंखलाबद्ध हिंसात्मक घटनाहरु नियमित रुपमा भइरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *