दमकमा थप एकजना कोरोना संक्रमितको मृत्यु
Published:
by .झापा। झापाको दमकमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
दमक अस्पतालको कोभिड उपचार केन्द्रमा दमक ५ का ७४ वर्षिय बृद्धको आज बिहान २ बजे मृत्युु भएको हो ।
उनलाई गत जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । दमकमा चैत २५ यता १७ जना संक्रमितको मृत्यु भइसकेको छ भने ६२८ जना सक्रिय संक्रमित छन् ।
Comments