Sajhamanch Archive

साउदी अरबले ११ देशबाट यात्रा प्रतिबन्ध हटायो

Published: in परदेश (प्रवास), विश्व समाचार by .

काठमाडौं । ११ देशबाट यात्रा प्रतिबन्ध साउदी अरबले हटाएको छ । यसमा अमेरिका र बेलायत पनि समावेश भएको छ । साउदी अरबले कोरोना भाइरसको संक्रमणलाई फैलनबाट रोक्नका लागि सो प्रतिबन्ध लगाएको थियो ।

गृहमन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी समाचार एजेन्सी एसपीएसँग सोमबार जुन देशमा यात्रा प्रतिबन्ध हटाइएको छ, त्यहाँ महामारीको स्थितिलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको बताए ।

गृह मन्त्रालयका अनुसार यी देशमा कोरोना संक्रमण नियन्त्रणमा छ ।

साउदीले कूल २० देशमा यात्रा प्रतिबन्ध लगाएको थियो तर अब ११ देशबाट यो प्रतिबन्ध हटाइएको छ । यात्रा प्रतिबन्ध हटाइएका देश – यूएई, जर्मनी, अमेरिका, आयरल्याण्ड, इटली, पोर्चुगल, यूके, स्वीडेन, स्विटजरल्याण्ड, फ्रान्स र जापान हुन् । यद्यपि, यी देशबाट आउने मानिसहरुलाई क्वारेन्टिनमा बस्नुपर्नेछ । यो निर्णय आजबाट लागू भएको छ ।

यो महिनाको सुरुवातमा साउदीले अन्तरराष्ट्रिय यात्रा प्रतिबन्धको सुरुवात गरेको थियो । साउदीको राष्ट्रिय एयरलाइन्सा सेवा कूल ४३ अन्तरराष्ट्रिय स्थानका लागि बहाल गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *