Sajhamanch Archive

चीनमा दुई सन्तान नीतिमा फेरबदल, तीन जना सन्तान जन्माउन दिने निर्णय

Published: in विश्व समाचार by .

एजेन्सी। चीन सरकारले दुई सन्तान नीतिमा फेरबदलसँगै अब तीन जना बच्चा जन्माउन दिने निर्णय गरेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सरकारले पछिल्लो समयमा चीनमा दुई सन्तान नीतिले जनसंख्यामा कमी भएसँगै उक्त नीतिलाई परिवर्तन गर्दै तीन सन्तानको नीति घोषणा गरेको हो ।

उक्त नीतिलाई चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो मिटिङमा राष्ट्रपति सि जिनपिङले स्वीकृति दिएका हुन् ।

केही समयअघि चीनको जनसंख्या वृद्धिदर दशकयताकै सबैभन्दा कम रहेको तथ्यांक सार्वजनिक भएको छ । सोही वृद्धिदरलाई आधार मानेर चीनले जनसंख्या वृद्धि गर्न तीन सन्तान नीति अवलम्बन गरेको छ ।

सन् २०१६ मा चीनले विवादित एक सन्तान नीति अन्त्य गर्दै एक दम्पत्तीले दुई सन्तान जन्माउन पाउने नीति लागू गरेको थियो । तर, उक्त नीतिले पनि चीनमा जनसंख्यामा कमी भए पछि पुनः तीन सन्तान नीति अवलम्बन गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *