Sajhamanch Archive

कानुनविदहरुले ‘प्रश्न उठाएका’ दुईजना न्यायाधीश केसी र श्रेष्ठले इजलासबाट नबाहिरिने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । कानुनविदहरुले ‘प्रश्न उठाएका’ दुईजना न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासबाट नबाहिरिने स्पष्ट पारेका छन् ।

उनीहरु दुईजनाका विषयमा कानुनविदहरुले लगातार प्रश्न उठाएका थिए । शुक्रबार र आइतबार भएका रिटमाथिको सुनुवाइमा दुईजना न्यायाधीशका विषयमा प्रश्न उठेको थियो ।

प्रधानन्यायाधीशको जवाफ– फैसला हेरेर न्यायाधीश बेठिक भन्ने अधिकार तपाईंलाई छैन

सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतमा चारजना न्यायाधीशसँग छलफल गरेको सर्वोच्च स्रोतले जानकारी दियो ।

अघिल्लो संवैधानिक इजलासमा सहभागी न्यायाधीश केसीमाथि वरिष्ठ अधिवक्ता कार्कीले उठाए प्रश्न

स्रोतका अनुसार बैठकमा प्रधानन्यायाधीशले प्रश्न उठेका दुईजना न्यायाधीशलाई ‘आफैँ निर्णय गर्न’ भनेका थिए ।

फैसलाले पार्टी फुटाइदिनुभयो, अनि आजको अवस्था आयो : शम्भु थापा

तर उनीहरुले नबाहिरिने बताएपछि बाँकी रहेका दुईजना न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले ‘बाहिरिँदा राम्रो हुने’ सुझाव दिएको स्रोतले जानकारी दियो ।

प्रधानन्यायाधीशलाई शम्भु थापाको सुझाव– मुद्दा प्रभावित हुन्छजस्तो लागे बिदामा बस्दा पनि हुन्छ

केसी र श्रेष्ठले नबाहिरिने अडान कायमै राखेपछि कार्की र भट्टराईले नभए आफूहरु बाहिरिने चेतावनी दिएको स्रोतको दाबी छ ।

श्रेष्ठ र केसीको सहभागितामा इजलासमा प्रश्नको ओइरो, अलग बस्न कानुनविदको सुझाव

स्रोतका अनुसार रोष्टरमा रहेका १३ न्यायाधीशसँग आज छलफलको तयारी गरेका थिए । तर छलफल हुन नसकेको स्रोतले जानकारी दियो ।

प्रधानन्यायाधीशको प्रश्न– म तपाईंहरुलाई दिएँ भने तपाईंहरु न्यायाधीश छान्नुहुन्छ

महान्यायाधिवक्ताको चेतावनी– अधिवक्ताहरुलाई के गर्नुपर्छ मैले जानेको छु

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *