Sajhamanch Archive

प्रदेश १ को बर्खे अधिवेशन जेठ २४ गतेदेखि सुरु हुने

Published: in प्रदेश तह, राजनीति by .

विराटनगर । प्रदेश न १ को बर्खे अधिवेशन यही जेठ २४ गतेदेखि सुरु गर्ने गरी सिफारिस गरिएको छ । प्रदेश सरकारले अधिवेशन आह्वान गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

आज बिहान विराटनगरस्थित प्रदेश–१ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताए ।

बजेटसम्बन्धी पूर्वछलफल १५ दिनअगावै सक्नुपर्ने भए पनि अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन, २०७४ संशोधन गरी सरकारले पाँच दिनअघि छलफल सक्ने भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *