जेठ मसान्तसम्म झापामा निषेधाज्ञा थपियो
Published:
by .झापा । झापामा पुनः निषेधाज्ञा थप भएको छ । डिसीसीएमसी झापाको बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।
बैशाख २२ गते देखि शुरु भएको निषेधाज्ञा एक महिना पुगेको छ । जिल्लामा संक्रमण नघटेपछी बैठकले निषेधाज्ञा थप गर्नुको बिकल्प नभएको निष्कर्ष निकाल्दै सो निर्णय गरेको हो । बैठकमा जिल्लाका राजनीतिक दल,जनप्रतिनिधि सहभागी छन् ।
खाद्यान्नका पसल हप्तामा २ दिन बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिने निर्णय भएको छ ।
Comments