Sajhamanch Archive

निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस आज मनाइँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार, समाज by .

काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष जुन ४ तारिखमा संसारभरि विभिन्न कार्यक्रम गरी निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस मनाइन्छ । आज विभिन्न कार्यक्रम गरी निर्दोष बालबालिकामाथि हुने अत्याचारविरुद्धको दिवस मनाइँदै छ ।

दिवसका अवसरमा विभिन्न कारणले बालबालिकाले भोगेका शारीरिक, मानसिक, भावनात्मक पीडाहरूको चर्चा गर्दै अब त्यस्तो हुन नदिन छलफल र जागरणका कार्यक्रम गरिन्छ । संसारभरिका झण्डै १० करोड बालबालिकाले आज बालअधिकारप्रति आफ्नो ऐक्यबद्धता जनाउँछन् ।

बालबालिकामाथि हुने अत्याचार, हिंसा, दुर्व्यवहार, शोषण घटना सबै पक्ष जुट्नुपर्ने बालअधिकारको क्षेत्रमा काम गर्नेहरु बताउँछन् । विद्यालय बाहिर रहेका बालबालिका, विभिन्न रोगबाट उपचार नपाएका बालबालिका, कुपोषित बालबालिका, निकृष्ट प्रकृतिको श्रम गर्न बाध्य बालबालिकाको सङ्ख्या घटाउन सबै तहका सरकारसँगै समुदाय पनि जुट्नुपर्ने हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *