Sajhamanch Archive

कचनकवलमा सर्पदंशबाट फेरि एकजनाको मृत्यु

Published: in समाज, स्थानीय तह by .

झापा। दक्षिणी झापामा अवस्थित कचनकवल गाउँपालिकामा सर्पदंशबाट फेरि एकजनाको मृत्यु भएको छ ।

साविक बालुवाडी गाविस हाल कचनकवल ७ खेरिबारी निवासी ४३ बर्षीया रामकुमारी कुँवरको विषालु सर्पको डसाइबाट शनिवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । एक साताभित्रै कचनकवल गाउँपालिकामा विषालु सर्पको डसाइबाट दुई जनाको ज्यान गएको हो ।

पाँच दिनअघि कचनकवल गाउँपालिका ४ का ५९ वर्षीय चमनलाल गणेशको गोमन सर्पको डसाइबाट मृत्यु भएको थियो । कचनकवलमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ढिलाइ हुँदा स्थानीयले अकालमै ज्यान गुमाउनु परिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *