कर्णालीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ
Published:
by .काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नेपाली कांग्रेसकातर्फबाट मन्त्री बनेका दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर बिसीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ गराएका हुन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले श्रेष्ठलाई जलश्रोत तथा उर्जा विकास र बिसीलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका छन् । कांग्रेस कणाली प्रदेशबाट सरकारमा सहभागी भएको हो ।
Comments