Sajhamanch Archive

पर्याप्त सुविधा अभावले आम्दा मेची अस्पताल ओझेलमा

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । सयौंको संख्यामा बिरामीहरू उपचारका लागि दैनिक आउने झापाको मेचीनगर १० धुलाबारी स्थित आम्दा मेची अस्पताल पछिल्लो समय ओझेलमा पर्दै गएको छ । पर्याप्त सुविधा अभावका कारण अस्पताल ओझेलमा परेको हो ।

यस अस्पताललाई स्तरवृद्धि गरी मेचीनगरको सुविधा सम्पन्न अस्पताल बनाउन यस क्षेत्रका सामाजिक अगुवा व्यक्तिहरू अहिले जनस्तरबाट सहयोग संकलन अभियानमा लागि परेका छन् ।

अस्पतालको स्तर बृद्धिका लागि ६ दिनमा जनस्तरबाट १८ लाख बढी सहयोग रकम संकलन भईसकेको छ । साथै सहयोगी मनहरू जोडिने क्रम जारी रहेको अभियानको नेतृत्व गरिरहेको मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले जानकारी दिए ।

त्यसैगरी आम्दा अस्पतालमा रोटरी क्लब काँकरभिट्टा, मेचीनगर नगरपालिका, रोटरी क्लब मेचीनगर र मेची उद्योग वाणिज्य संघको सहकार्यमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया समेत अघि बढीसकेको छ ।

कोरोना संक्रमणका बिरामीलाई अक्सिजनको चरम अभाव भईरहेको बेला त्यसलाई पूर्ति गर्न अक्सिजन प्लान्ट स्थापना गर्न लागेको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले जानकारी दिए ।

अक्सिजन प्लान्ट जडानका लागि रोटरीका तर्फबाट ३५ लाख, मेचीनगर नगरपालिकाले २५ लाख र उद्योग वाणिज्य संघले १५ लाख रकम उपलब्ध गराउने सहमति भइसकेको छ ।

अक्सिजन प्लान्ट स्थापना लागि थप रकम नचाहिने भए पनि अस्पतालको स्तरबृद्धिका आगि अलग्गै करीब ७५ लाख रकम चाहिने भएकाले त्यसका लागि जनस्तरमा सहयोग संकलन गरेको तिम्सिनाले जनाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *