Sajhamanch Archive

भारतको केमिकल फ्याक्ट्रीमा आगलागी,१८ जनाको मृत्यु

Published: in विश्व समाचार by .

काठमाडौं । भारतमा एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ । महाराष्ट्रको पुणे सहरमा रहेको केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा सो हताहती भएको बीबीसीले जनाएको छ ।

आगलागी हुँदा उक्त फ्याक्ट्रीमा ३७ मजदूर काम गरिरहेका थिए । अग्नी नियन्त्रण विभागले केही मजदुर अझै पनि हराइरहेको बताएको छ ।

हराएकाहरुको खोजी कार्य जारी नै छ । उनीहरुलाई सकुसल उद्दार गर्न फ्याक्ट्रीको पर्खाल भत्काइएको समाचारमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *