Sajhamanch Archive

निषेधाज्ञा उल्लंघन गरी बस चलाएकोमा चालकलाई पाँच हजार जरिवाना

Published: in समाज, स्थानीय तह by .

झापा । झापाले निषेधाज्ञा उल्लंघन गर्ने एक यात्रुवाहक बसलाई जिल्ला प्रशासन कार्यालय कार्वाहीस्वरुप जरिवाना तिराएको छ ।

हिजो बिहान ६:३० बजे बुटवलबाट काँकडभिट्टासम्मको लागि आएको ना.४ ख ५१५२ नं।को यात्रुवाहक बसलाई दमक ४ स्थित राजमार्गमा अस्थायी प्रहरी पोष्ट ताराबारीले चेकजाँच गर्ने क्रममा रोक्न खोज्दा जबरजस्ती भगाएको थियो । त्यसपछि उक्त बसलाई इप्रका दमकबाट खटिएको प्रहरी टोलीले दमक बसपार्कमा रोकी चेकजाँच गर्दा बिनापास २३ जना यात्रु चढाई ल्याउँदै गरेको खुलेको थियो ।

प्रशासनले कोभिड १९ संकट व्यवस्थापन अध्यादेशको दफा २१ बमोजिम चालकलाई पाँच हजार रुपैयाँ जरिवाना गरी छोडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *