Sajhamanch Archive

मंगलबार देशभर ५६ हजार भन्दा बढीले लगाए खोप

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । भेरोसेल खोपको पहिलो डोज लगाउने अभियानको पहिलो दिन देशभर ५६ हजार ७४० जनाले खोप लगाएका छन् । ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई पहिलो डोज लगाएका हुन् ।

मंगलबार प्रदेश १ मा ३ हजार ३८० जना, प्रदेश २ मा ४८५, वाग्मतीमा २७ हजार ५५३, गण्डकीमा ३ हजार ६११, लुम्बिनीमा १७ हजार १७९, कर्णालीमा ३५४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार १७८ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ६० देखि ६४ वर्षका ६ लाख ६२ हजार ३६७ जना र चीनसँग सीमा जोडिएका जिल्लाका १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने लक्ष्यसहित हिजोबाट खोप कार्यक्रम सञ्चालन गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *