झापामा करेन्ट लागेर बालकको मृत्यु
Published:
by .झापा । झापामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
बिर्तामोड १० का डम्बरबहादुर गुरुङको ३ वर्षिय छोरा अभिनाश गुरुङको आज बिहान करेन्ट लागेर मृत्यु भएको हो । पानी तान्ने मोटरमा रहेको नांगो तार छुन पुग्दा ती बालकलाई करेन्ट लागेको थियो ।
बालकलाई उपचारका लागि बिर्तामोडको मनमोहन हस्पिटल ल्याइ पुर्याउना साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
Comments