साउदीले कोरोनाको कारण उडानहरू बन्द हुँदा आउजाउ गर्न नपाएका श्रमिकको भिसाको बढाइदिने
Published:
by .काठमाण्डौ । उडानहरू बन्द हुँदा साउदी फर्कन नपाएका र साउदीबाट स्वदेश फर्कन नपाएका श्रमिकको समस्यालाई सम्बोधन गर्न भिसाको अवधि जुलाई ३१ सम्म बढाउने साउदीले जनाएको छ ।
साउदीले कोरोना महामारीको कारण उडानहरू बन्द हुँदा आउजाउ गर्न नपाएका विदेशी श्रमिकको भिसाको अवधि बढाइदिने भएको छ ।
विदेशी कामदार जो उडान प्रतिबन्धका कारण साउदी जान पाएका छैनन् उनीहरूको आवागमनको भिसा अवधि स्वतः बढ्ने छ । यसरी भिसाको अवधि थपिँदा कुनै पनि शुल्क लाग्ने छैन ।
यस्तै, साउदीले कोरोना महामारीको कारण उडानहरू बन्द हुँदा स्वदेश फर्कन नपाएका विदेशी नागरिकको पनि बसोबासको अनुमति र एक्जिट भिसाको अवधि स्वतः जुलाई ३१ सम्म बढाउने जनाएको छ ।
योसँगै भिजिट भिसाको अवधि सकिएका विदेशी नागरिकको पनि जलाई ३१ सम्म नै भिसाको अवधि थपिनेछ । कोरोना महामारीको कारण उडानहरू बन्द भएका देशका नागरिकहरुको हकमा मात्र यो नियम लागू हुनेछ ।
नेपालले पनि कोरोना सङ्क्रमण रोकथामका लागि साउदी र नेपालबीच हुने उडानमा प्रतिबन्ध लगाएकाले साउदीमा कार्यरत नेपाली श्रमिक पनि नयाँ व्यवस्थाबाट लाभान्वित हुनेछन् ।
Comments