Sajhamanch Archive

पाकिस्तान-नेपाल सहकार्य सुदृढ बनाउनुपर्छ; विदेशमन्त्री महोमद क्युरेशी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । पाकिस्तानका विदेशमन्त्री महोमद क्युरेशीले नेपाल र पाकिस्तानबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने बताएका छन् ।

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँगको भेटमा पाकिस्तानका विदेशमन्त्रीले पारस्परिक हितका सबै क्षेत्रहरुमा सहकार्य हुनुपर्नेमा जोड दिएका हुन् ।

भेटमा उनले दुई देशको सम्बन्धको महत्वको बारेमा समेत प्रकाश पारेको पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । मन्त्री क्युरेशी र अधिकारीबीच समग्र द्विपक्षीय विषयहरुमा कुराकानी भएको थियो ।

उनले कोरोनाविरुद्धको लडाइँमा पाकिस्तान नेपालको साथमा रहेको र यस सन्दर्भमा सहयोग गर्न तयार रहेको समेत बताएका थिए । मन्त्री क्युरेशीले परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा रघुवीर महासेठलाई राजदूत अधिकारी मार्फत वधाई दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *