Sajhamanch Archive

कोपा अमेरिकाका लागि ब्राजिलको टिम घोषणा

Published: in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । ब्राजिल फुटबल कन्फेडेरेसनले कोपा अमेरिका फुटबल खेल्ने टिम घोषणा गरेको छ । २४ सदस्यीय टिमको घोषणा गरिएको हो ।

ब्राजिलमै हुने प्रतियोगितामा नेयमारले कप्तानी गर्नेछन् । अर्जेन्टिना र कोलम्बियाले संयुक्त रुपमा आयोजना गर्ने भनिएको कोपा अमेरिका कोरोनाका कारण ब्राजिलमा हुन लागेको हो । ब्राजिल साबिक विजेता टिम पनि हो ।

प्रतियोगिता जुन १३ देखि जुलाई १० तारिखसम्म हुने तालिका रहेको छ । उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलासँग प्रतिस्पर्धा गर्नेछ । ब्राजिल उपाधि दाबेदार टिम हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *