Sajhamanch Archive

नेप्से सामान्य घट्यो, एक दर्जन कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by .

काठमाडौं । कारोबार हुने हप्ताको अन्तिम दिन बिहीवार शेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । दिनभर उतारचढाव भएको नेप्से कारोबार बन्द हुने बेलामा एक दशमलव आठ अङ्कले घटेर दुई हजार नौ सय ४४ दशमलव ७८ विन्दुमा झरको छ ।

आज विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, लगानी र म्युचल फन्ड समूहको शेयर बढे पनि अरू समूहको शेयर घटेको छ । बैंकिङ समूहको शेयर झन्डै १८ अङ्कले, व्यापारको ५७, होटलको २७, जीवन बीमा समूहको दुई सय ७३, निर्जीवन बीमा समूहको ४५ अङ्कले घटेको छ ।

आज दुई सय २० वटा कम्पनीका तीन करोड ६ लाख कित्ता शेयर १६ अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनीको झन्डै एक अर्ब रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज बोटलर्स नेपाल र रुरु जलविद्युत् कम्पनीको शेयर तीन प्रतिशतका दरले घटेको छ । समग्र बजार घटे पनि १२ वटा कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *