Sajhamanch Archive

दाङमा प्रहरीको भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, by .

 दाङ । प्रहरीको भ्यानको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका वडा नं। २ लालमटियामा बिहीबार राति ११ स् ५५ बजे प्रहरीको लु.अ.अ.च ५३३४ नम्बरको प्रहरीको भ्यानले ठक्कर दिँदा विपरित दिशातिर गइरहेको भे १ प ८४२२ नम्बरको मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालका अनुसार प्रहरीको उक्त गाडी काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँकेतर्फ लैजाँदै गरेको अवस्थामा उक्त दूर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले मृतकको पहिचान खुलिनसकेको जानकारी दिए । उनले मृतक पुरुष अन्दाजी २५ वर्षको रहेको अनुमान गरे । मोटरसाइकल प्रहरीको गाडीको ढोका पछाडि ठोक्किएर उछिट्टिएर टाउको विद्युत् पोलमा ठोक्किएको उनले जानकारी दिए । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *