Sajhamanch Archive

धनुषामा पोखरीमा डुबेर ५ बालिकाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by .

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ ।

शुक्रबार घर नजिकैको पोखरीमा नुहाउन गएका बेला उक्त गाउँपालिका ६ का बालिका पोखरीमा डुबेका धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए ।

बालबालिकाको डुबेको खबरपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । ‘अहिलेसम्म ५ जना बालिकाको शव पोखरीबाट निकालेका छौं’ घटनास्थल पुगेका प्रहरी प्रवक्ता मिश्रले भने, ‘पोखरीमा खोजी अझै भइरहेको छ ।’

बालिकाहरु खेल्दाखेल्दै पोखरीमा पुगेको बताइएको छ । मृत्यु भएकाहरुको उमेर १० देखि १२ बर्ष रहेको छ र उनीहरुको नाम खुलेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *