Sajhamanch Archive

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

Published: in मिडियाबाट साभार, स्वास्थ्य, by .

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

कोभिड–१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यले भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर, आईसीयू बेडहरु, पीपीई सेट र एम्बुलेन्सलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

शुक्रबार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा ती सामग्रीहरु हस्तान्तरण गरिएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *