Sajhamanch Archive

विश्वकप तथा एसियनकप छनोटको अर्को चरणमा पुग्न नेपाल असफल

Published: in खेलकुद by .

काठमाण्डौ । नेपाल अस्ट्रेलियासँग ३–० ले पराजित भएको छ । गएराति कुवेतको जाबेर अल अहमद मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित नेपाललाई अस्ट्रेलियाले ३–० गोलले सहजै पराजित गरेको हो ।

सुरुदेखि नै अस्ट्रेलियाको दबाबमा रहेको नेपालका रोहित चन्द ४५ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिर गएपछि नेपाल १० खेलाडीमा सीमित रहेको थियो । तर पनि पहिलो हाफमा दुई खोल खाएको नेपालले दोस्रो हाफमा जम्मा १ गोल खायो ।

नेपालका गोलकिपर किरण चेम्जोङले अस्ट्रेलियाका एक दर्जनभन्दा धेरै प्रहारलाई रोकेका छन् । अपराजित रहेको अस्ट्रेलिया विश्वकप छनोटको अर्को चरणमा प्रवेश गरेको छ । नेपाल भने ८ खेलमा ६ अङ्कका साथ चौथो स्थानमा रह्यो र विश्वकप तथा एसियनकप छनोटको अर्को चरणमा पुग्न असफल रह्यो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *