Sajhamanch Archive

निषेधाज्ञामा दैनिक १० लाख यातायात मजदुर बेरोजगार, ४० लाख परिवार समस्यामा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । निषेधाज्ञाको समयमा दैनिक झण्डै १० लाख यातायात मजदुरको रोजगारी गुमेको छ । निषेधाज्ञाका कारण सार्वजनिक गाडी नचल्दा यातायात क्षेत्रमा आबद्ध १० लाख मजदुर बेरोजगार भएका नेपाल यातायात व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका महासचिव सरोज सिटौलाका अनुसार वैशाख १६ गतेदेखि भएको निषेधाज्ञाले यातायात व्यवसायमा आश्रित झण्डै ४० लाख परिवार समस्यामा परेका छन् । १० खर्बभन्दा धेरै लगानी रहेको यातायात क्षेत्र पूर्ण रुपले प्रभावित भएको छ । झण्डै चार लाख गाडी थन्किँदा अर्बौँको नोक्सानी भएको व्यवसायीले बताएका छन् ।

महासचिव सिटौलाका अनुसार थन्किएका गाडी राखेकै ठाउँमा खिइने अवस्थामा पुगेका छन् । निषेधाज्ञाको समयमा गाडीको बीमा, ब्लु बुक नवीकरणलगायत यातायात क्षेत्रमा लाग्ने कुनै कर र शुल्क लिन नहुने र मजदुरहरुलाई सहुलियत दिनुपर्ने उनको माग छ । महासङ्घका अनुसार अघिल्लो वर्ष पनि लकडाउनका कारण साढे दुई लाख मजदुरको रोजगारी गुमेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *