Sajhamanch Archive

जी-सेभेन राष्ट्रका नेताहरुको गरिब देशलाई सहयोग गर्ने प्रतिबद्धता

Published: in मिडियाबाट साभार, विश्व समाचार, by .

काठमाडौं । विश्वका धनी तथा औद्योगिक राष्ट्रहरुको समूह जी-सेभेन राष्ट्रका नेताहरुले गरिब तथा विपन्न देशलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विश्वमा चीनको बढ्दो प्रभाव रोक्न गरिब तथा अल्पविकसित देशलाई पूर्वाधार विस्तारमा सघाउने योजना जी-सेभेनले पास गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिल्ड ब्याक बेटर वर्ल्ड योजनालाई सार्थक पार्नुपर्ने बताएका छन् । अमेरिका समर्थित बिल्ड ब्याक बेटर वर्ल्ड योजनालाई चीनको महत्वाकाङ्क्षी बेल्ट एण्ड रोड इनिसिएटिभको विकल्पको रुपमा हेरिएको छ । चीनको बेल्ट एण्ड रोड इनिसिएटिभले कयौँ देशमा रेल, सडक र बन्दरगाह सुधारका लागि आर्थिक सहयोग गर्दै आएको छ ।

तर, जी-सेभेनले भने यसमार्फत चीनले गरिब देशलाई थेग्नै नसक्ने ऋणको भार बोकाएको टिप्पणी गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *